पल शाह ‘क्लोथिङ’को ब्रान्डको एम्ब्यासडरमा नियुक्त

म्युजिक भिडियोमा ब्यस्त बनेका अभिनेता पल शाह ‘३६५ भेन्टेज डेनिम क्लोथिङ’को ब्रान्ड एम्ब्यासडरमा नियुक्त भएका छन् । यो ब्रान्डको टिम र शाहसँग संझौता भएको छ ।

यो क्लोथिङ ब्रान्डको एम्ब्यासडरमा नियुक्त भएपछि पल शाहले आफ्नो तर्फबाट शतप्रतिशत साथ दिने बताएका छन् । यो ब्रान्डका नेपालका संचालक विनोद श्रेष्ठ हुन । उनले ले पल शाहसँग जोडिएर काम गर्न पाउँदा खुशी लागेको बताए । फिल्म भन्दा पनि पछिल्लो समय पल म्युजिक भिडियोमा नै जोड दिदै आएका छन्।