अन्तिम चरणमा ‘आइ एम ट्वान्टी वान’को खिचाई
रेनेशा राई निर्देशित फिल्म ‘आई एम ट्वान्टी वान’को छायांकन अन्तिम चरणमा पुगेको छ । फिल्मले गत काक्तिकबाट छायांकनमा निस्केको थियो। लकडाउनको समयमा काठमाण्डौमा छायांकन गरेको फिल्मका निर्माण टिमले पाटनका अलवा पुर्वको धरानमा छायांकन गरेको छ।
अहिले काठमाडौ बाहिरको छायांकन सकाएको ‘आइ एम ट्वान्टी वान’ टिमले काठमाण्डौको फरेनहाइट क्लबमा पनि फिल्मको छायांकन गरेको छ। फिल्मको यहि आइतबार ‘ब्याटल डान्स’ फरेनहाइट क्लबमा खिचेको थियो ।
फिल्ममा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको छ भने फिल्मलाई रेनशा वान्तवा राइले निर्देशन गरिरहेकी छिन् । फिल्ममा डान्सको कथा समावेश गरिएको छ। फिल्म आइकोर फिल्मस्को ब्यानरमा निर्माण भैरहेको हो।
प्रतिक्रिया