सेती नदि किनारमा अस्ताए ‘यो दाजुको मिर्मिरे आँखा’ (तस्बिर सहित)

‘यो दाजुको मिर्मिरे आँखा’ लगायत दर्जन गीतका सर्जक तथा चर्चित लोकगीतका संकलक धनबहादुर गायकको निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका गायकको पोखराको मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा बिहान निधन भएको हो ।

सारंगी संरक्षणका अभियन्तासमेत रहेका गायकलाई छाती र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरी आइसीयूमा राखेर उपचार गरिएको थियो ।

५९ वर्षीय धनबहादुर उच्च रक्तचाप तथा सुगरबाट पीडित थिए । शनिबार अस्पताल भर्ना भएका उनको सोमबार बिहान निधन भएको हो । पोखरा महानगरपालिका १६ बाटुलेचौर निवासी धनबहादुरको ‘यो दाजुको मिर्मिरे आँखा’ निकै लोकप्रिय गीत मानिन्छ ।

झलकमान राष्ट्रिय सारंगी पाठशालाका अध्यक्ष समेत रहेका धनबहादुरले नरोउ मायालु, बेली र चमेली, पानीको कलिधारा लगायत दर्जनौं गीत गाएका छन् ।

उनी नृत्य निर्देशक, संगितकार र संगित प्रशिक्षक पनि थिए । धनबहादुरले पोखराका विभिन्न विद्यालयमा दशौँ बर्षसम्म संगित पढाएका थिए ।

२०२१ साल बैशाख ६ गते पोखराको बाटुले चौरमा जन्मिएका धनबहादुरका श्रीमती एक छोरी र दुई छोरा रहेको
धनबहादुरको सोमबार दिउँसो पोखराको सेती नदि किनारमा अत्येष्टि गरीएको छ ।