अमिताभ बच्चन ‘कौन बनेगा करोडपति’बाट किन बाहिरिए ?
अमिताभ बच्चनले कौन बनेका करोडपतिबाट अलिग्डिएको बताएका छन्। उनले कौन बनेगा करोडपतिको १२ औं सिजन चलिरहेको सुटिङको अन्तिम दिन अमिताभ बच्चनले एक ब्लग पोस्ट लेखेर आफु अब कौन बनेगा करोडपतिको सुटिङ पछि यसबारेमा जानकारी दिएका हुन् ।उनले आफु हटे पनि कोन बनेगा करोडपति नरोकिने घोषणा गरेका छन्। यो निरन्तर चलिरहने र एकजना निस्केर कुनै असर नपर्ने बताएका छन् ।
उनले लेखेका छन्,‘पूरा टिमलाई यति प्रेम, केयर र राम्रो व्यवहारका लागि मेरो तर्फबाट मुरीमुरी धन्यवाद । यो समाप्त हुँदैछ र सबैजना भावुक पनि भइरहेका छन् तर अर्को बिहानी आउँदैछ ।’ अमिताभले लामो समय सुटिङ गर्दा धेरैको माया र स्नेहले एक दिनमा नै सकिएको फिल भएको बताएका छन्। उनले ब्लगमा लेखेका छन्। कौन बनेगा टिम एकदमै मेहनती रहेकाले काम गरेको फिल नै भएन।
‘तपाईंहरु सबैको स्नेह र प्रेमले सुटिङको अन्तिम दिन एक विदाईजस्तै बन्यो । त्यहाँ सबै एकसाथ जम्मा हुन्छन् । पूरा टिम असाध्यै प्यारा, केयरिङ र मिहिनेती थियो । यी सबैले हामीलाई सेटबाट टाढा बस्न मुश्किल गरिदिन्छ । अन्त्यमा पूरा समूह एक साथ बिताइएको महिनौंको समय र एक–एक कोसिकालाई याद गर्न जुटेको थियो,’उनले लेखेका छन्।
उनले आफु थकित रहेको कुरा उल्लेख गरेका छन्। कौन बनेगा करोड पति थालेका अमिताभले आफु निकै थाकेको बताएका छन।
अमिताभले अगाडी लेखेका छन्, ‘… म थाकिसकेको छु र रिटायर भइरहेको छु… म माफी चाहन्छु…केबीसीको सुटिङको यो अन्तिम दिन निकै लामो थियो…भोलिसम्म ठिक हुनेछु… । तर यो याद राख्नुहोस् कि काम त काम नै हुन्छ । कुनै एक व्यक्ति हटेपछि पनि त्यसलाई पूरा गम्भीरताकाम साथ निरन्तरता दिनुपर्छ ।’
प्रतिक्रिया