सुशांतले जिन्दगीको बारे मा लेखेको पत्र बाहिरियो, जुन भाइरल हुँदैछ
बलिउडका अभिनेता सुशांत सिंह राजपूतले गत वर्ष १४ जुनमा विश्वलाई अलविदा भनेका थिए। तर आज पनि उनी आफ्ना फ्यानहरूको सम्झनाहरूमा उपस्थित छन्। अर्कोतिर सुशांत सिंह राजपूतकी बहिनी श्वेता सिंह कीर्तिले पनि सुशांतसँग सम्बन्धित कुरा अक्सर सोशल मीडियामा सेयर गर्ने गर्दछिन्। हालसालै श्वेताले सुशांतले लेखेको एउटा नोट सेयर गरेकी छन् ।
अभिनेता सुशांतकी बहिनी श्वेता सिंहले आफ्ना दाजुले लेखेको हस्तलिखित पत्रलाई सामाजिक संजाल ईन्स्टाग्राम सेयर गरेकी छन् । पत्रमा सुशान्तले आफ्नो ३० वर्षको अनुभव र जिन्दगीको वास्तविक खेलको बारेमा लेखेका छन ।
सुशांतको यस नोटले सोशल मिडियामा धेरै ध्यानाकर्षण गरिरहेको छ।
श्वेता क्याप्सनमा लेख्छिन् –”भाइले लेखेको पत्र । सोच एकदमै गहिरो छ ।”
सुशान्तको पत्रको नेपाली अनुवाद – “मलाई लाग्छ कि मैले जिन्दगीका ३० वर्ष बिताएँ … शुरुवाती ३० वर्ष केही बन्ने प्रयासमा, म हरेक चीजमा असल बन्न चाहन्थेँ, टेनिस, स्कुल र ग्रेड्समा म राम्रो बन्न चाहन्थेँ । यहीकारण मैले ती सबैलाई त्यही नजरबाट हेरेँ । म जस्तो छु, वास्तविक आफैलाई ठीक लाग्दैन, यदी म ती सबैमा राम्रो हुँदै गए भने…. । मलाई पछि लाग्यो कि जिन्दगीको खेल पुरै नै गलत छ , किनभने पुरा खेल त त्यही कुरालाई पाउनु थियो, जुन वास्तविक म पहिले थिएँ ।’
१४ जुन २०२० मा सुशान्तलाई मुम्बइस्थित फ्ल्याटमा मृत अवस्थामा भेटिएको थियो । उनको मृत्युपछि प्रहरीले छानविन अगाडि बढायो तर कुनै निष्कर्ष भेटिएन ।
यस मामिलामा उनकी प्रेमिका रिया चक्रवर्तीलाई एक महिना जेलमा बस्नुपर्यो । सुशान्तको मृत्यु अहिले पनि रहस्यमै छ र प्रहरीले अहिले पनि अनुसन्धान गरिरहेको छ ।
View this post on Instagram
प्रतिक्रिया