‘एउटा यस्तो प्रेम कहानी’ लाई ७० प्रतिशत सेयर दिने प्रदीप उदयको उद्घोष
माघ १ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ लाई फिल्मकर्मी तथा हल सञ्चालक प्रदीप कुमार उदयले आफ्नो हलमा भएको व्यवसायको ७० प्रतिशत शेयर दिने घोषणा गरेका छन् ।
बुटवलमा द्वारिका उदय सिनेमाज हल सञ्चालन गर्दै आएका उदयले जोखिम मोलेर नयाँ फिल्म हललाई प्रदर्शन गर्न दिएको भन्दै फिल्मलाई ७० प्रतिशत शेयर दिने घोषणा गरेका हुन्।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुले ७० प्रतिशत सेयर दिने र अन्य प्रदर्शकहरुलाई पनि निर्माता शिव श्रेष्ठलाई सकेसम्म बढी शेयर दिन आह्वान गरेका छन् ।
प्रतिक्रिया