सरकारसामु मनिषा कोइरालाको आक्रोश : सरकार के नेपालीको नै सरकार हो ?

नेपालको कालापानीको विषयमा कर्मथलोमा मुछिएकी मनिषा कोइराला अहिले नेपालमा नै छिन्। उनी कालापानीको विवादमा मुछिएपछि उनी नेपालमा बस्दै आएकी छन्।

उनी अहिले राजनीतिक विषयमा चासो दिन थालेकी छन्। राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती मनाउने कार्यक्रमको नेतृत्व गरेपछि उनी राजनितिमा आउने संकेत गरेकी हुन् की भन्ने कुरामा मान्छेहरु अनुमान लगाउन थालेका छन्। उनले पत्रकार सम्मेलन गरेर नै उनले पृथ्वी जयन्तीका दिन रत्नपार्कमा भेला हुन सबैलाई आमन्त्रण गरिन् र मान्छेहरु भेला गराइन्।

उनको आमन्त्रणालाई स्वीकार गर्दै दर्जनौ मान्छेहरु रत्नपार्कको शान्ति वाटिकामा भेला भए। उनले भेला भएका मान्छेहरुलाई भाषण दिन नपाउँदै सरकारले विनाकारण धरपकड गर्यो । यसले गहिरो चिन्तनमा परेकी मनिषाले रिसको झोकमा ट्वीट गरेकी छन्। उनले लेखेकी छिन् ‘ पृथ्वी नारायणको सालिक अगाडि नै सरकार को यो आपत्तिजनक कार्य ? पानीको फोहरा र टियर ग्याँस सहित नै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’

उनले सरकारमाथी प्रश्न उठाउदै अगाडी लेखेकी छन्,‘ मैले आशा गरेकी थिएँ कि जनताको राष्ट्रिय एकताप्रतिकों सामूहिक भावलाई सरकारले सम्मान गर्ने छ ।’देशको माटोसँग कर्मथलोलाई साथ नदिएकी मनिषाले पृथ्वी जयन्ती मनाउन नपाएको गुनासो गरेकी छन्। उनले सबैलाई एक ढिक्का हुन आग्रह गरेकी छन्।