हलमा जतिकै हिट भयो युटुवमा ‘छक्का पञ्जा ३’
नयाँ फिल्म हलमा रिलिज नहुँदा युटुबमा फिल्म हेर्ने दर्शकको संख्या बढेको छ । पछिल्ला केहि महिना यता प्रदर्शन भइसकेका फिल्मलाई युटुबमा राखेपछि दर्शकको उल्लेख्य साथ फिल्मले पाएका छन् ।
दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा३’ अत्यधिक दर्शक पाएको छ। युटुबमा सार्वजनिक भएको १७ दिनमै ‘छक्का पन्जा ३’ले १ करोड दर्शकको माया पाएको हो।अहिेसम्म कै सबैभन्दा छोटो समयमा युटुबमा १ करोड पटक हेरिएको फिल्ममा परेको छ।
यस फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले हलमा जस्तै युटुबमा पनि दर्शकले फिल्म मन पराइइदिएकोमा खुशी व्यक्त गरेका छन् । यस फिल्ममा दीपकराज गिरीका अलवा , केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाँई लगायतका कलाकारको मुख्य भूमिका छ ।
प्रतिक्रिया