कमेडी च्याम्पियन: कन्टेन्ट चोरे “गोल्डेन की”

गतबर्ष सफलतापुर्वक सम्पन्न भएर चर्चामा आएको रियालिटी शो कमेडी च्याम्यियनको दोस्रो सिजन सुरु भएसंगै यतिबेला चर्चा कमाएको छ । यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका ६ हजार बढीबाट १८० छनोट गरी फिजिकल अडिसनमा २४ प्रतष्पर्धि छनोट भएका छन ।

छनोट भएका प्रतिस्पर्धी तापेश्वर सिंहले एक युट्युबरको कन्टेन्टलाई जस्ताको तस्तै कमेडी च्याम्पियनको स्टेजमा प्रस्तुत गरेका थिए ।

आयोजकले पौष १, २, ३ र ४ गत्ते फिजिकल अडिसन गरी २४ प्रतिष्पर्धि छानेट गरेका थिए । त्यसमध्ये तापेश्वर ३ गत्ते छनोट भएका थिए । अझ रमाइलो कुरा त के छ भने, उनले निर्णयकबाट सिधै गोल्डेन की’ पनि जितेका थिए ।

सिरहाका तापेश्वर सिंहले चोरी गरी प्रस्तुति दिएको खुलेपछि कमेडी च्याम्पियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘कमेडी च्याम्पियन सिजन २ का एक कमेडीयनले अडिसनको कन्टेन्ट एक युट्युबरको कमेडी कन्टेन्टसँग मेल खान गएकोमा कमेडी च्याम्पियन परिवारको गम्भीर ध्यान आकर्षण भएको छ,’ यस बिषयलाइ लिएर आयोजकबीच छलफल जारी छ र शीघ्र कदम चालिने बताएका छन् ।

कमेडी च्याम्पियन टिमले भने ती प्रतिस्पर्धीको नाम नखुलाएता पनि २४ प्रतियोगिको कमेडि क्लिपहरु सार्वजनिक गरिरहदाँ चोरिएको पत्ता लागेको हो । त्यस्तै अर्का कमेडीयन स्ट्यान्डअप कमेडीयन ‘युकेजी’ को कन्टेन्ट र उनले विभिन्न प्रस्तुतिमा बोलेको ‘ओएमजी आई एम सक्ड’ थेगोलाई कमेडी च्याम्पियनका एक प्रतिस्पर्धीले प्रयोग गरेकोप्रति आशंका गरेका छन् ।

कमेडीयन उमेश युकेजीले व्यक्तिले रियालिटी शोमा आफ्नो प्रस्तुति दिनुपर्नेमा अरुको चोरी गर्दा दुःखी लागेको प्रतिक्रिया दिएका छन् ।

यसअघि नेप–जिएसएमको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भएका स्ट्यान्डअप कमेडीमा उमेशले ‘ओएमजी आई एम सक्ड’ भन्दै आएका थिए ।

कमेडी च्याम्पियनको पहिलो सिजनले गतवर्ष राम्रो चर्चा कमाएपनि यसपटक भने चोरीको कन्टेन्ट प्रस्तुत भएका प्रतिस्पर्धी छानिएपछि शुरु नहुँदै विवादमा तानिएको छ ।