करिश्मा पनि लागिन् समाजसेवामा
अभिनेत्री करिश्मा मानन्धरले ‘यात्रा आफ्नै गाउँ ठाउँको’ कार्यक्रम गर्दै समाजसेवामा होमिएकी छन्। सिन्धुपाल्चोकस्थित एक स्कुलमा छात्रवृत्ति सहयोग प्रदान गर्दै समाजसेवामा लागेकी हुन्। उनले यसै साता एक कार्यक्रमअन्तर्गत आफूले तीन कक्षासम्म पढेको स्कुललाई सहयोग गरेकी हुन्।
सिन्धुपाल्चोक मामाघर भएकी करिश्माले दुईजना विपन्न बालबालिकाले करिश्माले प्रदान गरेको छात्रवृत्तिमा पाएका छन्। उनले ‘सिन्धुपाल्चोकबाट समाजसेवामा थालेको बताएकी छन्। करिस्माले नेपालभर जहाँ पुगे पनि त्यहाँ सहयोग गर्ने बचन दिएकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘ ‘यात्रा आफ्नै गाउँठाउँको’ छिटै आफ्नो युट्युव च्यानल मा आफ्नो यात्राको अनुभव यहाँहरुसंग बाड्ने नै छु । यो पालिको यात्रामा प्यारो जितु भाइको साथले अझै उर्जा थप्यो । आफ्ना गुरुजनहरु र आफ्नो क्षेत्रको भाइसंग एकै साथ हुनु मिठो अनुभव रह्यो ।
प्रतिक्रिया