‘याःराक्मा हौ सोल्टिनी ज्यु’ भन्दै आए डम्बर नेपाली र दीपक लिम्बु

चर्चित गायक डम्बर नेपाली र दीपक लिम्बुको स्वरमा रहेको ‘याःराक्मा हौ सोल्टिनी ज्यु’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कान्छा बाजेको शब्द रहेको गीतलाई डम्बर र दीपक लिम्ब’ले गाएका ह’न्. भिडियोमा मोडल एलिजा तुम्बाम्फो, गायक स्वयम नेपाली र लिम्बुले अभिनय गरेका छन्।

पुर्वको गाउघर रहन सहनका कुरा गीतमा समेटिएको छ । लिम्बु भाषामा याःराक्मा भनेको धान नाँच हो। लिम्बु परिवेश र रहनसहनमा रहेको भिडियोको भुपेन्द्र तुम्बाहाम्फेले छायाँङ्कन तथा किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् । नेपाली टिपिकल शब्दमा तयार पारिएको गीतको भिडियोको रातोपुलस्थित रक हाउसमा एक सार्वजनिक गरिएको थियो।