नीतालाई नाम लेख्नै समस्या
अभिनेत्री नीता ढुंगाना प्रेममा छिन् भनेर भनौ । कसको भन्दा ज्योतीष हरिहर अधिकारीको । लुकाउन पर्ने के छ र खै । केही छैन हो केही नी छैन । खुलेयाम छ प्रेम । हरिहर अधिकारीले नीतासँगको फोटो राखिसके । अब लुकाएर के गर्ने होला र । हरिहरले केही भनेनन् फोटो नै बोल्यो । बोल्यो हजुर फोटो बोल्यो । माया गरेपछि किन डराउनु भन्नेमा छन् हरिहर । तर, नीतालाई के भएको होला । किन हो उनलाई हरिहरको नाम लेख्न पनि गाह्रो ।
नीता बरु शायरी लेख्छिन् । हरिहर आफ्नो श्वासमा भएको भनेर भन्छिन् । नाम लेख्न समस्या । स्टाटस लेख्दा पनि याद आउँछ तिम्रै भन्छिन् । तर, नाम लेख्न सक्दिन पनि भन्छिन् । किन सक्दिनन् नीता भनेर भनौ ।
नीतालाई गाह्रो केमा परेको हो । सबैतिर प्रेम पोखिएको छ । पोखरादेखि मुम्बइसम्म बिदा मनाउन पुगेकै हो । तर, पनि लुकाउन पर्ने के होला । कि अघि पनि प्रेम टुटेको छ भनेर डराएकी हुन् उनी । कि एकैचोटी बिहे गर्ने भएपछि राख्ने हो फोटो ।
नडराउनुहोस् है नडराउनुहोस् नीताजी । अब, प्रेम गरेपछि डराएर हुन्छ र । हरिहर जस्तो खुलेयााम फोटो राख्ने नि अब त ।
प्रतिक्रिया