नयाँ फिल्म प्रदर्शनको लाइनमा,तर कहिले देखि

एक साता अघि नेपाल चलचित्र संघको एकल निर्णयबाट फिल्म हल खोले पनि दर्शक आउन सकेका छैनन्। हलमा दर्शक नआए पछि हलवाला चिन्तित बनेका छन्। हलवाला पुरानै फिल्म ‘आमा र सेन्टि भाइरस’ चलाएर बसेका छन्। सरकारले हल खोल्ने अनुमति नदिए पनि आफ्नो एकलौटी ढंगबाट हल खोलेर आफै फिल्म चलाएका हुन्।

नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार नयाँ फिल्म हलमा नलगाएको कारण दर्शक नआएको बताउँछन्। उनी भन्छन्,‘म आफै पनि हलमा गएर हेरेको छु । दर्शकले नयाँ फिल्म खोजेको पाए । पुरानो फिल्म भन्दा पनि नयाँ फिल्म दर्शकले खोजेका कारण आगामी माघ १ गतेबाट हलमा दर्शकले नयाँ फिल्म पाउनुहुनेछ।’

नयाँ फिल्म चलेपछि दर्शक आउने अध्यक्षको भनाई छ। वान सिनेमाज फिल्म हलका सञ्चालक उमेजराज गिरी नयाँ फिल्मको पर्खाइमा रहेका छन्। हलमा दर्शक आए पनि नयाँ फिल्म खोज्ने गरेको उनले बताए। अहिले हलमा फिल्म हेर्नका लागि दुइ चार जना मात्रै आउने गरेको उनको भनाई छ।  नयाँ फिल्म हलमा नलगाए दर्शक हल खोजे मात्रै हुने उनले बताए। उनी भन्छन्,‘अहिले हल घाटा खाएर खोलि राखेका छाँै। जति दर्शक आए पनि हलमा देखाइरहेका छौ। यो हाम्रो बाध्यता हो।’

अहिले जय नेपाल हल पनि बन्द नै रहेको छ। २ जना दर्शकले हलको बत्तीको पैसा नठ्ने भएकाले हल खोले पनि बन्द गर्नुपरेको हलका म्यानेजर साङ दोर्जे लामाले बताए। कुमारी हल पनि अहिले खुलेको छैन। चावहिलको गोपिकृष्ण हल मर्मत कार्य भएकाले हल अहिले बन्द रहेको हलमा म्यानेजर प्रदीप दाहालले बताए। उनले अहिले हल भत्काउन लागेको हल नखोलिएको बताए।

नयाँ फिल्म प्रदर्शन हुन थालेपछि मात्रै बाँकी रहेको हल सञ्चालन गर्ने बताए । जोखिम मोलेर हल नचलाउने उनले बताए। फिल्म वितरक तथा निर्माता करण श्रेष्ठ अहिलेको फिल्म कमाउन भन्दा पनि दर्शक आउने बाटो बनाएको बताउँछन्। दर्शक आउनको लागि बानी पार्न हल खुल्ला गरिएको र माघ १ गतेबाट नयाँ फिल्म हलमा लाग्ने बताए।

सिभिल मलमा रहेका क्युएफएक्स हलमा पनि दर्शक आउन सकेका छैनन्। त्यहाँ अहिले २–४ जना भन्दा बढि दर्शक बाहेक दर्शक नआएको सिभिल हलका म्यानेजर शंकर नेपालको भनाई छ। उनी पनि नयाँ फिल्मको पखाईमा रहेका छन्। हलमा ‘एउटा यस्तो प्रेम कहानी,लप्पन छप्पन,प्रेम गीत ३’ म यस्तो गीत गाउछु २’ लगायत ३ दर्जन फिल्म प्रदर्शनको तयारीमा रहेका छन्।