‘हरितारा चलचित्र पुरस्कार’बाट कलाकर्मी सम्मानित
बुधबार राजधानीमा आयोजित एउटा कार्यक्रमका बीच ‘हरितारा चलचित्र पुरस्कार’ वितरण तथा सम्मान गरिएको छ । अभिनेता कृष्ण मल्ल, नाट्यकर्मी मदनदास श्रेष्ठ र गीतकार सहदेव ढुंगानालाई क्रमश २०७५ र २०७६ सालको पुरस्कृत गरिएको हो।
लामो समयदेखि फिल्म क्षेत्रमको उत्थान तथा संरक्षणमा योगदान गरेको भन्दै कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई सम्मान गरिएको आयोजकले जनाएको छ। नेपाली कला संस्कृतिको उत्थानमा संलग्न गीतकार सहदेव ढुंगाना पनि २०७६ सालको ‘हरितारा चलचित्र पुरस्कार’बाट सम्मानित गरिएको छ। उनीहरु तिनै जनालाई हरितारा पुरस्कारको राशी जनही २५ हजार प्रदान गरिएको छ।
वि.सं २०७६ सालको ‘दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई प्रदान गरिएको छ। यो पुरस्कारको राशी जनही १० हजार रहेको छ । कार्यक्रमा परिवर्तन नेपालले ‘परिवर्तन सम्मान २०७६’बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक तथा अभिनेता विश्वदीप घिमिरे र निर्देशक माधवराज खरेललाई सम्मान गरेको छ ।
प्रतिक्रिया