सारा र अनमोलको मित्रता टुट्यो क्या
सम्बन्ध हजुर सम्बन्ध । नेपाली फिल्ममा को नजिक र को टाढा भनेर भन्न नसकिने देखियो के है । के हो के भनेर भनौ । अभिनेता अनमोल केसी र अभिनेत्री सारा सिर्पालीको नाम जोडियो । सुश्री सम्पत्ती फिल्मको बेलामा नाम आयो । फिल्म चलाउनलाई होला भनिएको हो । साराले मौन स्विकृती दिएकी हुन् । अनमोलले हल्ला मात्र भनिदिए । कुरा सकियो ।
तर, साराको फोटोमा अनमोलको लाइक देखिएको हो । अनमोल साराका हरेक फोटोमा लाइक गर्थे । फलो पनि दुबैले गरेका थिए ।
तर, अहिले के भयो यस्तो । सारा र अनमोल साथी छैनन् । इन्स्टाग्राममा हेर्यो भने दुबैले एकले अर्कोलाई अनफलो गरेको देखियो । के हो के है । अनफलो गर्नुको कारण के हो भनेर भनौ ।
सारा र अनमोलको मित्रता टुटेछ क्या । नत्र किन अनफलो गरेका हुन् । वुझ्न सकिएन सम्बन्ध ।
प्रतिक्रिया