कोरोनामा बन्द भएको फिल्म हल खुल्ला गर्ने निर्णय

सरकारले फिल्म हल सञ्चालनमा अनुमति नदिए नेपाल चलचित्र संघले एकलौटी रुपमा हल खोलेका एक साता पछि हल सञ्चालन गर्न अनुमति पाएको छ । गत पौष १० गतेबाट एकलौटी रुपमा चलचित्र संघले फिल्म हल खुलाएका थिए।

आज बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले फिल्म हल लगायत बन्द रहेका क्षेत्र खुल्ला गर्ने निर्णय गरेको छ। केहि आपत परेको खण्डमा बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएको सबै हाललाई खुल्ला गरिएको र मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताएका छन्। अहिले फिल्म हलमा फिल्म ‘आमा र सेन्टी भाइरस’ चलिरहेको छ।