आमालाई सम्झिदै ऋचाले लेखिन् ‘ मैले मेरो शीरमाथिको ब्रह्माण्ड गुमाएँ’

अभिनेत्री ऋचा शर्माले आफ्नी आमाको पहिलो वार्षिक पुण्य तिथीमा आमालाई सम्झदै सामाजिक सञ्जाल फेसबुकमा निकै भावुक स्टाटस लेखेकी छिन् । उनले आमा नहँुदाको पिडालाई सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छन्।  निकै लामो स्टाटस लेखेकी ऋचाले आमाबिनाको ३६५ दिन नै आफु रित्तो भएको र भोको रहेको बताएकी छन्।

उनले लेखेकी छन, ‘उहाँबिनाका यी ३६५ दिन मेरो जीवनको एउटा रित्तो पाना हो, जसमा अक्षर र वाक्य छन् तर अर्थ र आत्मा छैन ।
आमा ! सन्तानहरु मायाका भोका हुन्छन् । म एक वर्षदेखि भोको छु र यो भोक जीवनभरी मेटिनेछैन ।’

उनले अगाडी लेखेकी छन्,‘आमा बित्दा मेरो सानो संसार एकाएक भताभुंग भयो । त्यो बज्रले मुटुको एउटा कुना भत्कियो । मलाई राम्ररी थाहा छ – त्यो कुनो म बाँचुन्चेज कहिल्यै भरिनेछैन अब । जीवन दिनेहरु ईश्वर हुन् । मेरी ईश्वर मबाट टाढा गएको आज एक वर्ष भयो । उहाँ गएपछि मेरो जीवनले ओत गुमायो । अर्थ गुमायो । मैले मेरी शीरमाथिको ब्रह्माण्ड गुमाएँ ।’

https://www.facebook.com/reecha.sharma/posts/10164557265735024