‘हरेक मान्छेको भोगाई नै ‘कौसीद’ हो’ –निर्माता केदार भुषाल

सरकारले छायांकनको अनुमति दिएसँगै अहिले फिल्म निर्माण गर्ने फिल्मकर्मीले फिल्म छायांकनको घोषणा गरिरहेका छन्। यसैबीचमा निर्माता केदार भुषालले पनि फिल्म निर्माणको घोषणा गरेका छन्।

अभिनेत्री ऋचा शर्माको प्रस्तुती रहेको फिल्ममा केदारले फिल्म ‘कौसीद’निर्माण गर्न लागेका हुन्। फिल्मको कथाबस्तु मन परेकै कारण फिल्म निर्माण गर्न लागेको केदारले बताए ।  उनले भने,‘फिल्म चाही एउटा मध्यम बर्गिय परिवारको मान्छेले बैकमा रिन लिएपछि घर बचाउनका लागि गरेको संघर्ष लगायतको कथा नै फिल्मको विषय बस्तु रहेको छ। हरेक मान्छेको संघर्षलाई फिल्मको पर्दामा उतार्न लागिएको हो।’

फिल्म ‘कायरा, रोज, सायद२’ जस्तामा लेखक तथा पटकथा रुपमा आफुलाई चिनाएका केदारले पहिलो पटक निर्माताका रुपमा आउन लागेका हुन्। केदारले ओस्कर कलेजमा फिल्म विषयमा नै स्तानक गरेका विद्यार्थी हुन्। उनले फिल्म पढन्का साथै नेपाली फिल्म क्षेत्रमा करिव ७ वर्ष देखि आवद्ध रहेका छन्।

अहिलेका दर्शकलाई नयाँ कथावस्तु दिएमात्रै फिल्मलाई दर्शकले रुचाउने केदारको भनाई छ। ‘आफ्नै वरिपरीको कथालाई फिल्मको पर्दामार्फत उर्तान लागेको छु। फिल्मलाई दर्शकले मन पराइदिनुहुनेछ भन्नेमा विश्वस्त रहेको छु,’ निमार्ता केदारले भने। राम्रै लगानीमा बन्न लागेको फिल्मको छायांकन माघ १ गतेबाट छायांकनमा निस्कदैछ । फिल्मको छायांकन २५ देखि ३० दिनमा सक्ने निर्माणपक्षको भनाई छ। अभिनेत्री ऋचा शर्मा, भोलाराज सापकोटा, लगायतको अभिनय रहेको छ।

फिल्ममा नवविजय प्रकाश श्रेष्ठ र धिरजन थपलियाले कथा लेखेको फिल्ममा ऋचा र भोलाका अलवा निरन्जन श्रेष्ठ, रुपेश दाहाल, निर्भिक भट्टराई, सदिक्क्षा गौतमलगायतको पनि फिल्ममा अभिनय रहनेछ ।

फिल्मको कार्यकारी निर्माता डिमेस श्रेष्ठ हुन भने सह–निर्माता लक्ष्मण बानियाँ रहेका छन्। कुमार भाष्करले फिल्म ‘कौसीद’लाई निर्देशन गर्न लागेका हुन्।ऋचाले यसअघि ‘आधा लभ, भिर्सा गर्ल र सुनकेसरी’ फिल्मको निर्माण गरेकी थिइन्। फिल्ममा निशल पौडेलको छायांकन, मित्र डि. गुरुङले फिल्मलाई सम्पादन गर्नेछन् । निकैै जोख जाँघरका साथ फिल्म क्षेत्रमा आउन लागेको ऋचाको भनाई छ।