आजबाट ‘सिनेमा घर गोल्ड’ मार्फत नेपाली फिल्म हेर्न सकिने

‘सिनेमा घर’ एप मार्फत नयाँ नयाँ नेपाली फिल्म हेर्न पाइने भएको छ। आज एक कार्यक्रमकाबीच थ्री सिक्स्टी वन डिग्री मिडियाले विभिन्न नयाँ फिचरहरुको साथमा ‘सिनेमा घर’ को अपडेटेड भर्सन ‘सिनेमा घर गोल्ड’ सार्वजनिक गरेको हो। आजैबाट विश्वभर रहेका नेपालीहरुले ‘सिनेमा घर गोल्ड’ मा उच्च गुणस्तरमा नेपाली फिल्म हेर्न पाउने थ्री सिक्स्टी वन डिग्री मिडियाको विज्ञप्तिमा भनिएको छ।

यस ‘सिनेमा घर गोल्ड’ मा ‘डमरुको डण्डीवियो, कोहलपुर एक्सप्रेस, सरौतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र’ आजबाट हेर्न पाइनेछ भने स्ट्याण्डअप कमेडी र सर्ट फिल्महरु पनि राखिएको छ । पाँच सयमा एक वर्षभरी ‘सिनेमा घर गोल्ड’ मा आउने सामाग्रीहरु हेर्न पाइने छ ।
फिल्मलाई ‘सिनेमा घर गोल्ड’ एन्ड्रोइड टिभी, एन्ड्रोइड तथा आइओएस सिस्टमका मोबाइल र ट्याब्लेटलगायतका स्मार्ट डिभाइसमा सजिलै डाउनलोड गरी हेर्न सकिनेछ ।

क्रोमकास्ट प्रविधिकको प्रयोग गरी मोबाइल फोनबाट क्रोमकास्ट सपोर्ट गर्ने विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिन्छ । संसारका जुनसुकै स्थानबाट ‘सिनेमा घर गोल्ड’ को ग्राहक बन्न सकिनेछ,’विज्ञप्तीमा भनिएको छ। ‘सिनेमा घर गोल्ड’ को सार्वजनिक कार्यक्रममा अभिनेता खगेन्द्र लामिछाने, दयाहाङ राईलगायत उपस्थित थिए।