फिल्मका कलाकारलाई म्युजिक भिडियोले टिकाएको वर्ष (२०२०)
नेपाली फिल्मका कलाकारका लागि सन्२०२० उपलब्धि मुलक हुन सकेन। फिल्मको छायांकन केहि भएता पनि सोचे अनुरुपको काम हुन सकेन। नेपालमा पछिल्लो समय चलेका अभिनेता अभिनेत्रीको लागि म्युजिक भिडियोमा नै अल्झिएर बस्नु परेको वर्ष बन्यो।
अभिनेता पुष्प खड्का देखि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सम्मका कलाकारले म्युजिक भिडियो खेलेर दर्शकलाई आफ्नो अभिनय देखाउनु पर्ने अवस्था आयो। कोरोना संक्रमरणका कारण ९ महिना देखि फिल्म हलका सबै क्षेत्र ठप्प भएपछि कलाकारहरु फुर्सदिला बने।
फिल्मका कलाकार म्युजिक भिडियोमा
फिल्मका काम सबै ठप्प भएपछि नेपाली कलाकारहरु म्युजिक भिडियोमा व्यस्त भए। देशभर लागेको लकडाउनका कारण कुनै काम नभए पनि लुकी छिपी म्युजिक भिडियो भने बनिरह्यो। कोरोना कालमा भएको भिडियो छायांकनमा फिल्मका अभिनेता अभिनेत्रीहरुले मज्जाले काम पाए। उनीहरुको आर्थिक जोहो गर्ने राम्रो माध्यम बन्यो। अरु बेला लोक तथा दोहोरी खेल्नलाई नाम खुम्च्याउने अभिनेता अभिनेत्रीले पछिल्लो समय लोकदोहोरी गीतमा नै नाचेर गुजारा चलाउनुपर्ने अवस्था आयो। उनीहरु म्युजिक भिडियोमा अभिनय गरेबापत लाख हाराहारी पारिश्रमिक लिन थाले। उनीहरुको व्यस्तता म्युजिक भिडियोमा नै रह्यो।
म्युजिक भिडियोमा अभिनेता राजेश हमाल, पल शाह, पुष्प खड्का, बर्षा राउत, बर्षा शिवाकोटी,केकी अधिकारी, साम्राज्ञीलक्ष्मी शाह,दिलिप रायमाझी,सुरक्षा पन्त लगायतले अभिनय गरे। दर्शकमाझ लोक प्रिय माध्यम भनेको लोकगीत हो। यहि लोकगीतमा अभिनय गरेका कलाकारलाई हरेक क्षेत्रमा परिचित हुने मौका पाउँछन्।
लोकगीतका कलाकार झन्डै विस्तापित
फिल्मका कलाकारले सबै गीतमा ढाँकेपछि लोकगीतमा अभिनय गर्दै आएका कलाकारहरु विस्तापित नै जस्तो भइसकेका छन्। २०१९ मा लोकगीतमा यत्रतत्र देखिने कलाकारहरु २०२०मा कमैमात्रामा देखिएका छन्। यो समयमा मोडल करिष्मा ढकाल कतै कतै देखिएकी छन् भने, पार्वती राई, अनु पराजुली,रश्मी तामाङ, यदाकदा देखिए। शंकर बिसी,महेन्द्र गौतम,बिमल अधिकारीको गत वर्षको जस्तो म्युजिक भिडियोमा छाउन सकेनन् भने दुर्गेश थापा,अन्जली अधिकारी लगायत केहि उस्तै रहे।
मोडलमा भित्रिएका कलाकार
यो वर्ष अभिनेता प्रदिप खड्का म्युजिक भिडियोमा आएका छन्। उनले पहिलो पटक २ वटा म्युजिक भिडियोमा अभिनय गरेका छन्। देशभक्त गीतमा उनले अभिनय गरेका छन्। तर, दुवै गीतमा दर्शकले रुचाउन सकेनन्। उनी भन्छन्,‘म्युजिक भिडियोमा अभिनय गरेर स्टारडम कम हुदैन , तर कस्तो खाल्को गीत चुज गर्ने हो ,त्यो कलाकारमा भर पर्छ।’
यता पहिलो फिल्म ‘ड्रिम्स’बाट नै चर्चामा आएकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले पनि पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेकी छन्। उनले आमाको एक गीतमा ‘तिमी र म’ बोलको गीतमा अभिनय गरेकी छन्। उनलाई पनि दर्शकले फिल्ममा जति म्युजिक भिडियोमा रुचाएनन्। म्युजिक भिडियोमा अफर आएपनि आफुले म्युजिक भिडियो नखेलेको उनको तर्क बेला बखत बाहिर आउने गरेका छन्।
फिल्म अनुराग निर्माण गरेर फिल्म क्षेत्रमा भित्रिएकी एलिजा गौतम यसै वर्षबाट म्युजिक भिडियोमा भित्रिएकी हुन्। उनले फिल्ममा नपाएको चर्चा र सफलता म्युजिक भिडियोमा पाएकी छन्। लकडाउनको समयमा मोडल दुर्गेश थापासँग ‘आँधि कपाल’ लगायतको गीतमा अभिनय गरेपछि चर्चामा आएकी हुन्। अहिले उनको व्यस्तता म्युजिक भिडियोमा देखिएको छ।
प्रतिक्रिया