‘मिस यूनिभर्स नेपाल २०२०’ को उपाधि अन्शिकालाई

‘मिस यूनिभर्स नेपाल २०२०’ को उपाधि २४ वर्षिय अन्शिका शर्माले जितेकी छिन् । होण्डा नेपालको प्रस्तुतीमा भएको मिस यूनिभर्स नेपाल २०२० को उपाधि अन्शिकाले जित्न सफल भएकी हुन् । उनले १० लाख नगद पुरस्कार र अपला ज्वेलर्सको तर्फबाट क्राउन जितेकी छन् भने मिस यूनिभर्सको मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने मौका पनि हासिल गरेकी छन्।

त्यसैगरी प्रतियोगितामा फस्र्ट रनरअपको उपाधि सुजिता बस्नेतले जितिन भने सेकेन्ड रनरअपको उपाधि नीना कान्त मण्डलले जितिन्। प्रतियोगितामा थर्ड रनरअप बनिन् दिक्ता थापा र न्यान्सी खड्काले उपविजेताको उपाधि हात पारेकी छिन् ।

नीना कान्त मण्डलले मिस ब्रेभ बोल्ड ब्यूटिफुलको उप शीर्षक हात पारिन भने सुजिता बस्नेतले व्यञ्जन मिस लाइफस्टाइल, अन्शिका शर्माले मिस फियर्स र न्यान्सी खड्काले मिस फ्याबुलसको उपशीर्षक हासिल गरे ।  भर्चुअल तालिम र प्रतिस्पर्धा पश्चात् मिस यूनिभर्स नेपाल २०२० को फिनाले काठमाडौंको मेरिएट होटेलमा सम्पन्न भएको हो ।