सलामानको ‘राधे’ २ सय ३० करोडमा बिक्री

बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ महंगोमा विक्री भएको छ । यस फिल्मलाई जी स्टूडियोजले सेटेलाइट, थिएट्रिकल, डिजिटल र म्यूजिक राइट्सले २ सय ३० करोडमा खरिद गरेको हो।

फिल्मका बारेमा सलमान र जी स्टूडियोजबीच हालै सम्झौता भएको छ। फिल्मको छायांकन गत अक्टोबरमा नै पूरा भएरप्रदर्शनका लागि इद कुरेको थियो तर कोरोनाका कारण अर्को वर्षको इदमा प्रदर्शन मिति सारिएको छ। फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन्।

फिल्ममा सलमान खान,ज्याकी श्राफ, दिशा पाटनी र रणदीप हुड्डा लगायतको अभिनय रहेको छ। ‘राधे’ कोरियन फिल्म ‘द आउटलज’ को हिन्दी रिमेक भनिएको फिल्मलाई २० मिनेटको एक्सन सिनमा साढे ७ करोड भारतीय रुपैयाँ लागेको छ ।