अक्षय कुमारको लकडाउनपछि पारिश्रमिक बढ्यो

बलिउडका अभिनेता अक्षय कुमारले पारिश्रमिक बढाएका छन्। भारतीय अनलाइन बलिउड हंगामाका अनुसार अक्षयले आफ्नो पारिश्रमिक १ सय १७ करोडबाट बढाएर १ सय ३५ करोड पुर्याएका छन् ।

केहि वर्ष अघि पारिश्रमिक ९९ करोडमा काम गरिररहेका अक्षयले १ सय ८ करोड पुर्याएका थिए । उनले डिमाण्ड बिस्तारै बढ्दै गएपछि पारिश्रमिक १ सय १७ करोड पुर्याएका अक्षयले लकडाउनपछि पारिश्रमिक १ सय ३५ करोड पुर्याएका छन् । अहिले उनको लाइनअपमा आधा दर्जन चलचित्र छन् । अक्षयले काम गर्ने फिल्मको बजेट महंगो हुँदैन । उनले काम गर्ने अधिकांश चलचित्रको बजेट ३५ देखि ४५ करोडको हारहारीमा हुने गर्छन् ।