सविनको ‘गणपति’मा मुकुन र मेनुका

मुकुन भुषाल र मेनुका प्रधानले फिल्म ‘गणपति’मा सँगै काम गर्ने भएका छन्। फिल्मका लागि दुवैसँग निर्माण टिमको कागजी सम्झौता गरिसकेको छ । फिल्मको लागि भोली काठमाडौमा एक कार्यक्रमकाबीच औपचारिक निर्माण घोषणा गरिँदैछ ।

अविगम्यान फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सविन अधिकारीले निर्देशन गर्दैछन्। फिल्ममा मुकुन र मेनुकाका अलवा सूर्यमाला शर्मा, राजाराम पौडेल, लक्ष्मी गिरी, कालु राना, प्रकाश घिमिरे, देवेन्द्र बब्लू, श्रीदेव विएललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

फिल्मको निर्मातामा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी रहेका छन् । ९ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ । सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्मलाई लिएर मुकुन र मेनुका उत्साहित भएका छन् ।