अझै किन कन्फ्यूज दीपक ?


दीपकराज गिरीको कुरा सुन्नु भएकै होला । उनी आफूले भनेको कुरामा अडिग सधै । अरुले जे भननु मतलब भएन । उनले भनेपछि भयो भयो । हल खोल्न हुन्न, फिल्म बनाउन हुन्न भनेकै हुन् । फिल्म बनाउने त उनको तयारी नै छैन ।

महंगो फिल्म रे उनको, अहिले बनायो भने लगानी महंगो भएकाले समस्या हुन्छ रे हो समस्या । यस्तै यस्तै हो कुरा दीपकको ।

दीपकराले हल खोल्न हुन्न भनेपनि हल खुल्यो । अल्पमतमा परे है म भनेर उनले बहुमतको पक्ष लिए । तर, अझै पनि कन्फ्यूज हो । किनहोला यस्तो के । सधै कन्फ्यूज । दिल खोलेर हल खुलेको ठिक भो भन्न सकेका छैनन् के उनले ।

दीपकराजलाई बहुमतको पक्ष लिनु पनि छ, कन्फ्यूज पनि हुनु छ । उनको कुरा नै कन्फ्यूज बनाउने खालको भयो भनेर भनौ ।

दीपकराज गिरी फिल्म बनाउन छाडेर फार्म हाउस बनाउनतिर लागे । उनले फिल्म बनाएर माहोल गर्माउने पर्ने । तर, कसले मोल्छ जोखिम । तर, कन्फ्यूज नभए हुने । अब त खुल्यो के हल ।