चलचिल संघका महासचिव अशोक शर्मा लेख्छन्,‘सरकारसँग हल संचालन गर्न मौखिक सहमति भो’
गत शुक्रबारदेखि देशैभरका फिल्म हल खुलेका छन्। नेपाल चलचित्र संघको निर्णय अनुसार हल संचालकले संचालनमा ल्याएका हुन्। फिल्म हल खोल्नका लागि सरकारले कुनै अनुमति दिएको छैन । उनीहरुले एकलौटी रुपमा हल खोलेका हुन्। हिजो चलचिल संघका महासचिव अशोक शर्माका अनुसार सरकारले हल संचालन गर्न मौखिक सहमति दिएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा सरकारले मौखिक रुपमा हल खोल्ने सहमति दिएको बताएका छन्। सरकारबाट हल संचालन गर्न मौखिक सहमति आएको र हल खोल्ने विषयमा पनि मन्त्रि परिषद्बाट पनि चाँडै निर्णय हुने भन्दै सामाजिक सञ्जालमा लेखेका छन्। ‘सरकारबाट हल संचालन गर्न मौखिक सहमति आयो । मन्त्री परिषद्बाट पनि चाढै निर्णय हुने, कोरोनाको मापदण्ड पुरा गरे नगरेको आजबाट अनुमन हुने’ उनले फेसबुकमा लेखेका छन् ।
यता सिडियो कार्यलयले भने अहिले फिल्म हल सञ्चालन गर्न दिने सहमति नभएको बताएको छ। काठमाडौका सिडियो कालिप्रसाद पराजुलीले हल खोलिहाल्ने सहमति नभएको बताए। उनले मेरोफिल्मसँगको कुराकानीमा भने, ‘अहिले हल सरसफाई गर्ने भन्नुभएको छ। सायद अहिले त्यहि मर्मत सम्भारको काम गर्दै हुनुहुन्छ होला, फिल हल खोलेको मलाई थाहा छैन। यदि हल खोलेको पाइए अनुगमन गर्ने प्रहरीले कार्बाही गर्छ । हल खोल्ने कुरा चाही मन्त्री परिषद्ले निर्णय गरेपछि मात्रै पाइन्छ । जसका लागि अहिले होमवर्क भइरहेको छ। केहि दिनमा हल खुल्ला।’
प्रतिक्रिया