हमालको बोली पलले बोले
मैले फिल्म नखेलेको भए के हुन्थ्यो । नखेलेको भए कती प्राविधिक बेरोजगार हुन्थे । सयौको घरबार चल्यो । निर्देशक भए कती जना । नत्र विदेश जान्थे धेरै जना भनेर अभिनेता राजेश हमालले भन्ने गर्छन् । किन हो के धेरै फिल्म खेल्नुभएको राजेश हमाल ज्यू भनेर सोध्ने पत्रकारलाई जवाफ आयो है राजेश हमालको यस्तो ।
हमालले कुनै समयमा धेरै प्राविधिकको रोजगारी जोगाए रे, कती नयाँ मानिसहरुलाई निर्देशक बनाएर रे । अब, कारण तर्क हो हजुर जे भनेनी हुन्छ । हमालले धेरै फिल्म खेल्दा उनको करिअर र फिल्म क्षेत्रलाई के के भयो भनेर विश्लेषण गर्ने होला नी फेरि भनेर भनौ ।
अब, बोली ठ्याक्कै यस्तै हो पल शाहको । पलको कुरा भिडियोमा है । फिल्ममा त उनले के प्राविधिक जोगाउनु । भिडियो खेल्नु खेले । हरेक दिन एउटा । फिल्मको महंगो स्टारको यो तरिका । हुन्न हो हुन्न भन्छन् मानिसहरु । पललाई हेर्न चाहने उत्सुकतै हराइसक्यो । जेपनि खेल्ने, जस्तो नी खेल्ने । गीत, मोडल उनलाई मतलव छैन । आउन पर्यो मागेको जती पैसा । खेला खत्तम ।
पल शाहको कुरा पनि यही छ । उनले भिडियो खेल्दा उनको परिवार मात्र होइन, त्यो सँग जोडिने सय जनाको घर परिवार चल्छ रे । पलले गर्दा एउटा भिडियोमा काम गर्ने सबैको घर परिवार चल्ने अवस्था आयो रे । हो हजुर हो ।
पलले भिडियो नखेले यति भिडियो नै बन्दैनथ्य होला र भन्या । पत्याउने कुरा के हो । अनी, राजेश हमालको जस्तै कुरा गर्दा पछि गएर सस्तो भएर स्टारडम ध्वस्त भएको कुरा पनि संझन पर्ला कि नपर्ला ।
प्रतिक्रिया