कार्तिकको ‘धमाका’को सुटिङ १० दिनमै सकियो
फिल्म ‘धमाका’को छायांकन १० दिनमा सकिएको छ। कार्तिक आर्यनको मुख्य भूमिका रहेको फिल्मको छायांकन १० दिनमै सकिएको भारतिय मिडियाले जनाएका छन।
अभिनेता कार्तिकले फिल्मको फस्टलुक सार्वजनिक गरेको केहि दिनमा नै फिल्मको छायांकन सकिएको घोषणा गरेका हुन्। ३ सय जनाको यूनिटलाई एउटा होटलमा राखेर फिल्मको छायांकन गरिएको थियो । निकै सरक्षित तरिकारले फिल्मको छायांकन गरिएको फिल्म युनिटले बताएका छन्। उनीहरुको अनुसार होटल प्रवेश अगाडि सबै सदस्यको कोभिड परिक्षण पनि गरिएको थियो भने होटलबाट बाहिर जान र आउन रोकिएको थियो ।
लामो समयसम्मको सुटिङबाट मुक्त हुनका लागि निर्माण टिमले वर्कशपमा ध्यान दिएको थियो । वर्कसपमा नै समिय खर्चिएका कार्तिकले यो फिल्मका लागि १४ दिनको समय दिएका थिए । उनले १४ दिनका लागि फिल्मलाई समय दिए पनि फिल्मको छायांकन १० दिनमै सकिए पछि उनी दंग देखिए। यसका लागि निर्देशक राम माधवानीले छायांकन अगाडि नै सबै तयारी पुरा गरेका थिए । यसैले पनि उनका लागि बारम्बार टेक लिनुपर्ने झन्झट नरहेको भारतीय मिडियाले छापेका छन् । फिल्ममा एक आतंकवादी हमलाको वरिपरीमा कथा घुमेको बुझिएको छ।
प्रतिक्रिया