९ महिनापछि फिल्म हल खुल्दा फिल्मकर्मी उत्साहित

विगत ९ महिनादेखि बन्द रहेका फिल्म हल खुल्दा कलाकार नै कन्फ्युजमा परेका छन्। हिजो सिभिल महलमा ‘सेन्टिभाइरस’ फिल्म हेर्न पुगेका कलाकार तथा फिल्मकर्मीहरु फिल्म खुलेकोमा केहि खुसी त केही कन्फ्युज रहेको बताएका छन्।

फिल्म निर्माता तथा कलाकार दीपकराज गिरीले हल खुलेकोमा म उत्साहित भन्दा पनि कन्फ्यूज रहेको बताए । अबको समय के हुने हो भन्ने थाहा नभएको तर्क गरे। उनले भने, पुराना फिल्म चलाएर नयाँ चलाउने वातावरण बन्दै जाला । तर,मनोरञ्जन दर्शकको प्रमुख प्राथमिकता नभएकाले पनि हल खुल्ने सुखद कुरा भएपनि दर्शक आकर्षित गर्न भने समय लाग्छ ।’

अहिलेको अवस्थामा फिल्म हेर्न हलसम्म आउनुहोस् भन्न सक्नुहुन्छ भन्ने प्रश्नमा दीपकले भने, अहिले हजारौ मान्छे जुलुसमा निस्किएका छन्। सडक तातेको छ, गर्मिएको छ । रात्रिकालिन जीवन पनि एकदम एक्टिभ छ। डिस्कोमा पनि युवायुवती प्रेम पुर्वक नाचिरहेका छन् । त्यहाँ पनि शोसल डिस्ट्यान्स देखिदैनन्। तर, हलमा स्यानिटाइजर ,लगायतको व्यवस्थाको व्यवस्था रहेछ। त्यसैले गर्दा पनि हलमा तुलानात्मक रुपमा यो हुन्छ जस्तो लाग्छ मलाई ।’

फिल्म हेर्नका लागि सिभिलमल आएका निर्देशक प्रदिप भट्टराइको भनाई पनि उस्तै रहेको छ। फिल्म हल खुलेपछि मात्रै फिल्म हेर्न आउने वातावरण बन्ने भएकाले अहिले नै दर्शकको भीड लाग्छ भनेर हल नखोलिएको बताए। उनले विस्तारै यसले फिल्म क्षेत्रलाई चलायमान बनाउँने विश्वास गरे। उनले कुराकानीकाक्रममा भने ,‘हाम्रो दोश्रो घर नै हल भएकाले फिल्म हल भएकाले लामो समयपछि हलमा आउन पाउँदा उत्साहित भएको छु।’

फिल्म सेन्टिभाइरसका कलाकार सिताराम कट्टेलले सेन्टिभाइरसलाई चल्दै गर्दा कोरोना त्रासले बन्द गरिएको थियो। अहिले ९ महिनापछि पुनः हलमा लगाउँन पाउँदा अत्यन्तै खुसी रहेको बताए। सिभिलमल को हलमा उपस्थित भएका उनले लामो समय पछि आफ्नै फिल्म हलमा लाग्दा हर्सित रहेको बताउँदै फिल्म हेर्न दर्शकलाई हलमा गइदिन आग्रह गरे।

अभिनेता भूवन केसीले अहिलेसम्म फिल्म हल खोल्नुको विकल्प नभएको बताएका छन्। सबै क्षेत्र खुलिसकेकाले फिल्म हल बन्द गरिराख्नु उचित नभएको भन्दै अब, कोरोनासँगै अगाडि बढ्नुपर्ने तर्क गरेर । फिल्म हलमा सुरक्षाको मापदण्ड अपनाएर हल खोल्ने अनुमती दिन उनले सरकारसँग माग गरेका छन्।