बलिउड अभिनेता रजनीकान्त अस्पताल भर्ना
बलिउडका अभिनेता रजनीकान्त स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। रक्तचापमा गम्भीर उतारचढाव भएपछि उनलाई हैदरावादस्थित एपोलो अस्पतालमा भर्ना गरिएको छ।
अस्पतालले विज्ञप्ति जारी गर्दै रजनीकान्तको उपचार भइरहेको जनाएको छ। जारी विज्ञप्तीमा भनिएको छ,‘रजनीकान्तलाई आज बिहान अस्पतालमा भर्ना गरिएको छ। उनी गत १० दिनयता हैदरवादमा सिनेमाको छायांकनमा थिए। सेटका केहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
रजनीकान्तले डिसेम्बर २२ मा कोरोनाको परीक्षण गराएका थिए र नेगेटिभ आएको थियो। त्यस दिनदेखि उनी आइसोलेसनमै थिए र उनलाई नजिकबाट निरीक्षण गरिएको थियो।’ उनको रक्तचापमा गम्भीर रूपमा उतारचढाव आएको विज्ञप्तिमा भनिएको छ। रजनीकान्त हैदरावादमा तमिल सिनेमाको छायांकनमा व्यस्त रहेका थिए।
प्रतिक्रिया