आजबाट फिल्म हल खुल्यो, दर्शक भने न्युन

गत चैतबाट बन्द रहेका फिल्म हलहरु आजबाट खुलेका छन्। मल्टिप्लेक्स हलहरु भने आजबाट खुलेका छन् भने अन्य हलहरु आंशिक मात्रामा खुलेको देखियो। आज क्रिसमसको बिदा भएता पनि हलमा दर्शकको भिड देखिएन तर सपिङ मल, रेष्टुरेन्टहरुमा भने भीडभाड देखिन्थ्यो।

पुरानो फिल्म चलेका कारण हलमा दर्शक नगएको धेरैले अनुमान गरेका छन्। गत फागुनमा नै चलेको फिल्म ‘आमा र सेन्टी भाइरस’ रि–रिलिज गरिएकोले पनि दर्शक हलमा नगएको फिल्मकर्मीको भनाई छ। हिजो अभिनेता प्रदिप खड्काले भने अनुसार कै दर्शक हलमा गएको देखिन्थ्यो।

आज कोरोना महामारी पछि फिल्मकर्मी काठमाण्डौको सिभिल मल लगायतका हलमा फिल्म ‘सेन्टी भाइरस’ हेर्न पुगेका थिए। उनीहरुले पहिलो पल्ट हल खुलेको हुनाले दर्शक कमी आएको बताए ।  चलचित्र संघका महासचिव अशोक शर्माले कुराकानीका क्रममा भने ,‘आजबाट देशभरका हल खुलेका छन्। फिल्म हेर्नको लागि दर्शक विस्तारै बढ्ने जाने हुन्। तर , खुलेको हल अव बन्द गरिदैन।’

आज शुक्रबार हल नचलेपछि भोलि शनिबार हल चल्छ की भन्ने विश्वास हल व्यवसायीलाई छ। उनीहरु एक सातापछि फिल्म चल्ने कुरामा ढुक्क देखिएका छन्।