कोरोना संक्रमित हुँदा कनिकालाई मलाई ज्यान मार्नेसम्मको धम्की आएको खुलासा
कोरोना संक्रमणको त्रास बढिरहदाँ बलिउडमै सेलिब्रटीमा गायिका कनिका कपुरलाई पहिलो पटक संक्रमण भयो । उनले त्यो समयमा कनिकाले आफू संक्रमित भएपछि कस्तो–कस्तो आलोचना सहनुपर्यो भनेर खुलासा गरेकी छन् । उनले भास्कर दैनिकसँग कुराकानी गर्दै आफुले चर्को आलोचनाको सामना गर्नुपरेको बताएकी छन्।
२०२० को मार्चमा कोरोना संक्रमित बनेकी थिइन्। उनले हालै स्पटब्वाइसँग दिएको अन्तरवार्तामा उनले भनेकी छन्, ‘त्यो समय निकै कठिन थियो । मेरो लागि मात्र नभएर मेरो परिवारका लागि । किनभने हामीलाई थाहा नै थिएन, हामीसँग के हुँदैछ । पुरै मिडिया र मानिसहरु हाम्रोविरुद्ध भएका थिए, त्यो पनि त्यस कुराका लागि जसबारे हामी जानकार पनि थिएनौँ ।’
आफु यो समय निकै लाचार भएँ
उनले आफु यो समय निकै लाचार हुनु परेको बताएकी छन्। उनले कुराकानीका क्रममा भनेकी छन,‘म निकै लाचार महसुस गरिरहेको थिएँ । ममाथि कयौँ आरोप लगाइयो । मेरो बारेमा लेख्नुभन्दा वा टिप्पणी गर्नुभन्दा अघि कम से कम मसँग सत्य के हो भनेर सोध्नुपर्थ्यो । अफवाहको आधारमा तपाईं कसैमाथि आरोप लगाउनुहुन्छ ?’
उनले आफुलाई अनेक आरोपहरु आएको कुरा सुनाएकी छन्। उनले सबैबाट आफु अपहेलित भएको कुरा अन्तरवार्ताक्रममा भनेककी छन्।
‘जब म मार्च ९ मा फर्किए, भारतमा क्वारेन्टिनको नियम लागू थिएन । १० मार्चमा सबैले होली खेले । त्यसपछि म आमा–बुवाकोमा लखनऊ गएँ । त्यसपछि १६–१७ मार्चमा मलाई ज्वरो आउन थाल्यो । त्यसपछि मैले स्वास्थ्य परीक्षण गराउँदा २० मार्चमा नतिजा पोजेटिभ आयो।’उनले भनिन्।
आमा बुवाको घर लखनऊ पुगेकी कनिकालाई त्यहाँका मान्छेहरुले अनेन आरोप लगाएको बताएकी छन्।उनले भनिन्,‘यदी मलाई थाहा भएको भए के म मेरो परिवार, विशेष गरेर मेरो ९० वर्षकी हजुरआमा, को जीवनलाई खतरामा पार्थे होला र ? मानिसहरुले मलाई विमानस्थलमा चेकजाँच नगरेको र नियम पालना नगरेको आरोप लगाए ।’
ज्यानमार्ने धम्की
‘म निकै दुःखी र परेशान थिएँ किनभने मलाई ज्यान मार्ने धम्कीसम्म आइरहेको थियो । मानिसहरुले म मरे पनि हुन्थ्यो भन्थे । कयौँले मेरो करियर खत्तम भयो भनेर भने,’ उनले भनिन्, ‘कसैले यो सोचेनन् कि म एकल आमा पनि हुँ ।
आफ्नो छोराछोरीभन्दा टाढा रहेर कडा मिहिनेत पछि मैले आफ्नो करियर बनाएको हुँ । तर, एकै दिनमा मानिसहरु भन्दै थिए कि मेरो करियर खत्तम, जीवन खत्तम, तपाईं मर्नुहोस् ? यो कठिन समय थियो तर मेरो परिवार मेरो साथमा थियो । त्यो समय गुज्रियो र म पनि अघि बढेँ ।’
प्रतिक्रिया