अनी लभ स्टेशनको झुटो प्रचार किन गर्या प्रदिपजी ?


कुरा गर्नपर्छ अब प्रदिप खड्का अभिनेताको । थाहा होला, प्रदिपको २ वटा रिलिज भएको फिल्म । फल्प भएको कुरा त सबैलाई ।

रोजी र लभ स्टेशन । लभ स्टेशन त चोरीको आरोपमा पर्यो । एउटा टर्कीस फिल्मको कपी । फिल्म कपी भनेर रिलिज भएको दिनमा आयो खबर ।

गाह्रो पर्यो प्रदिप खड्कालाई । यसरी गाह्रो पर्यो कि के भन्ने र खै । समस्या हजुर समस्या । प्रदिपले समिक्षकले फिल्मको समिक्षा नै एक सातापछि गर्नुपर्ने भनेर भनिदिए । फिल्म रिलिज भएको एक सातापछि मात्र समिक्षा गर्न सुझाव दिए समिक्षकलाई उनले । हैट, के थियो यस्तो सुझाव ।

प्रदिपले मम रेष्टुरेन्ट उद्घाटन गरे बिहिबार । कुरा फेरियो उनको । फिल्म राम्रो छैन भने जति आउनोस् भनेपनि दर्शक आउदैनन् भनिदिए उनले । नराम्रो फिल्म बनाएर प्रचार नगर्न भन्ने थियो कुरा उनको । तर, प्रदिपले लभ स्टेशन जस्तो चोरी गरेको फिल्मको प्रचार कसरी गरेका थिए । के के भनेका थिए याद गरौ है गरौ । प्रदिपले चोरी गरेको फिल्मको समिक्षा लेख्दा पत्रकारलाई सुझाव नै दिए ।

अहिले उनी फिल्म राम्रो बन्यो भने दर्शकले केही नभनेपनि आउने भन्छन् । झुर फिल्म त कसले बनाउछु भनेर बनाउछ र । के तपाइले झुर फिल्म खेल्छु भनेर खेल्नुहुन्छ र प्रदिपजी ।