अमेरिका पुगे ‘ए मेरो हजुर ४’का टिम

फिल्म ‘ए मेरो हजुर ४’का कलाकार, निर्माता तथा निर्देशक अमेरिका पुगेका छन्। फिल्मकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र अभिनेत्री सुहाना थापा अमेरिका पुगेका छन्।

मंसिर दोस्रो सातासम्म फिल्मको छायांकन गरेका ‘ए मेरोहजुर४’ले केहि दृश्यको छायांकन दुई महिना पछि गर्ने भन्दै स्थगित गरेको थियो। यहि मौका निर्देशक सहितको टोली अमेरिका पुगेको बुझिएको छ ।

अहिले फिल्मको बाँकी सिनका लागि अभिनेता अनमोल केसी १० केजी तौल घटाइरहेका छन्। अवको सिनमा अनमोललाई गम्भीर विरामी भएको देखिनुपर्ने निर्माणपक्षको भनाई छ । सोमवार अमेरिका उडेका उनीहरुले सुहानाको अध्ययन र पारिवारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। अमेरिकामा उनीहरुको बसाई एक महिनाको हुनेछ ।

हल्ला चले अनुसार उतै ‘ए मेरो हजुर ४’ को एक गीत खिच्ने तयारीमा निर्माण टिम छ । यदि गीत छायांकनको चाँजोपाँचो मिलेको खण्डमा अनमोल अमेरिका प्रस्थान गर्नेछन् । तर, निर्माणपक्षले भने यसबारेमा कुनै जानकारी गराएको भने छैन। यसअघि फिल्म ‘ए मेरो हजुर ३’ को एक गीतको छायांकन अमेरिकामा नै गरिएको थियो।