ब्रेन ट्युमरबाट पिडित किशोरीको लागि सोनुले गरे सहयोग

बलिउड अभिनेता सोनु सुदले १७ बर्षकी एक किशोरीलाई उपचारका लागि सहयोग गरेका छन्।उनले जो ब्रेन ट्युमरबाट पिडित रहेकी एक किशोरीलाई आर्थिक सहयोग गरेका हुन्।  केहि दिन देखि सामाजिक सञ्जालमा ति किशोरीको उपचारका लागि सहयोग गरिदिनका लागि आग्रह गरिएको थियो।

त्यसैक्रममा एक ट्वीटर प्रयोगकर्ताले ति किशोरीको रिपोटको तस्बिर सोसल मिडियामा शेयर गर्दै सोनुसँग सहयोगका लागि अपिल गर्दै लेखेका थिए ‘यस बच्चीको तुरुन्त उपचार नभए ढिलो हुनजान्छ ।’ ट्वीटरमा देख्ने बितिकै सोनुले जवाफ फर्काएका थिए ‘ढिलो कसरी हुन्छ । आजै उनको सर्जरी हुन्छ ।’

सोनुले यसरी ट्वीटमार्फत आजै उपचार गर्ने बताएपछि उनको सबैतिरबाट तारिफ भएको थियो। सोनुले यो ट्वीट आफ्नो समाजसेवी संस्था ‘इलाज इन्डिया’को ट्वीटर एकाउन्टमा समेत ट्याग गरेका थिए। भारतमा पछिल्लो समय सोनुलाई भगवनका रुपमा प्रकट भइरहेका छन्। उनले लकडाउनको समयमा धेरैको उद्धार गरेका थिए। भने गरिव दुखीलाई मदत गर्दै आइरहेका छन्।

हालै भारतको तेलंगानाको सिद्धीपेट जिल्लाको डुब्बा टान्डा गाउका सोनुको नाममा एक मन्दिर निर्माण गरिएको छ। उक्त मन्दिर भित्र भगवानको मुर्तिसँगै अभिनेता सोनुको पनि मुर्ती राखिएको छ । भारतिय मिडियाका अनुसार यो मन्दिर गतआइतबारबाट मात्र खोलिएको छ।