एक्ला भनेपछि दुइजना सहित सविन


सविन श्रेष्ठ ज्यान सुगठित भएका हिरो । यही हो विशेषता । अहिले उनलाई फिल्ममा पत्याउँदैनन् फिल्म बनाउने मानिसहरु भनेर भनौ । किन हो थाहा होला । सविनले खेले जथाभावी फिल्म । के के खेले उनलाई थाहा छ कि छैन । उनको क्रेज सकियो । ज्यान बनाएपनि फिल्ममा काम लाग्ने देखिएन ।

सविनले फोटो हाले केही दिन अघि एउटा । भनेका थिए एक्लो छु । एक्लो कसरी भए सविन । अभिनेत्री अनु शाह हुँदा हुँदै सविन कसरी एक्ला भए । यो कुरा हामीले नै छाप्यौ ।

सविनलाई असर परेछ । उनले अनु शाहसँगको फोटो राखे । फोटोमा मायाको चिन्ह । जति लुकाएपनि सविन र अनु प्रेममा रहेको कुरा त अब भन्न परेन । कती भन्ने । सविन र अनुले भन्ने होइनन् । झगडा र माया गर्दै उनीहरुले कानुनी विवाह गरे भनेर पनि आयो । बोलेनन् तैपनी ।

तर, एक्लै भन्दा मन दुखेछ । अनुसँगको फोटो राखेर माया साटे । दुई जना भएको मानिस किन एक्लै भन्नु । अनुको चित्त दुख्दैन सविनजी ।