हल खोल्न हतार या दबाब ?


कुरा स्पष्ट भयो भनेर भनौ । के कुरा भन्दा, शुक्रबारदेखि नेपालका बन्द हल खुल्दैछन् । बन्द हल खुलाउने निर्णय चलचित्र संघले गर्यो केही दिन अघि भनेर भनौ । यसपछि भयो हलचल । सरकार अर्कै सुरमा छ । सरकारले हलमा कुनै हस्तक्षेप गर्ने अवस्था रहेन । किनभने, सरकार अहिले आफै समस्यामा परेको बेला हो भनेर भनौ ।

यो बेलामा हल खोल्दैछन् हल संचालक । हल खोल्न नपाएपछि छटपटिएका थिए संचालक । अब खोल्ने कन्फर्म भयो भनेर भनौ ।

सरकारलाई दबाब दिन पनि हल खोल्ने भनेका छन् । हल खुलेपछि वातावरण बन्छ भनेर भनेका छन् । फिल्म हलमा मानिस नआएपनि चलाउँछौ भनेका छन् । जे जे भनेपनि हल संचालक आफ्नो अस्तित्वका लागि नै हल खोल्न आए ।

हल खोलेर फिल्म क्षेत्रमा वातावरण बन्ला कि नबन्ला भनेर अहिले नभनौ । शुक्रबारदेखि लाग्ने फिल्म र दर्शकको संख्यामा भर पर्ने कुरा भयो यो त । तर, के कुरा भयो भने हल खोलेपछि के गर्ने भन्ने योजना भएन । निर्मातालाई कसरी फिल्ममा नयाँ फिल्म चलाउन आकर्षित गर्ने भन्ने पनि भएन । हल खोलेपछि निर्माता आफै आउँछन् भन्ने सोच हो । हामी पनि मर्कामा परेका छौ, निर्मातालाई एमजी दिन कहाँ सक्छौ भनेका छन् हल संचालकहरुले । यो बेलामा अब के हुने ? आमा, सेन्टी भाइरस, छक्का पन्जा ३, छ माया छपक्कै, कबड्डी जस्ता हिटै फिल्म त चल्ने हुन् ।

भारतमा त नयाँ फिल्म नभएर हलले पुरानो फिल्म चलाएका हुन् । नेपालमा छैन यस्तो अवस्था । एक दर्जन फिल्म छन् नयाँ रिलिज हुन नपाएर बसेका । ती फिल्मका निर्माता फकाउने योजना खै भनेर भनौ ।

हल खोल्ने हतार त गरे हल संचालकहरुले तर योजना छैन । योजना नल्याई हल खोल्दा यो जाडोमा अर्थ न बर्थ नहोस् । निर्माताका लागि राहतको प्याकेज ल्याएर नयाँ फिल्म चलाउने बनाउने वातावरण तयार गर्नपर्छ ।