शुक्रबारबाट फिल्म हलमा ‘आमा र सेन्टिभाइरस’

शुक्रबारबाट देशैभरका फिल्महलमा फिल्म ‘आमा र सेन्टी भाइरस’ चल्ने भएको छ। गत वर्ष फागुनमा यहि फिल्म चल्दा चल्दै कोरोना त्रासका कारण फिल्म हल बन्द गरिएको थियो। चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले पनि अहिले पुरानै फिल्म हलमा लाग्ने बताए।

उनका अनुसार रिलिज भैरहेको समयमा हल बन्द गर्नुपरेको थियो, अब तिनै फिल्मलाई यहि शुक्रबारबाट देशभर प्रदर्शन गरिने छ।
९ महिना देखि बन्द रहेका फिल्म हल खुल्दा देशभरका हल व्यवसायीहरु हल खोल्न उत्साहित देखिएका छन् । अहिले ९ महिनादेखि बन्द रहेका हलहरुको सरसफाइमा हल व्यवसायीहरु लागेको पनि मधुसुदनले बताए।

फिल्म ‘आमा’का निर्देशक दिपेन्द्र के खनाल हुन् भने सेन्टिभाइसरका निर्देशक रामबाबु गुरुङ हुन् । गत वर्ष समिक्षात्मक हिसावले फिल्म ‘आमा’ राम्रो मानिएको थियो भने सेन्टी भाइरसलाई खासै रुचाइएको थिएन। व्यावासायिक हिसावले दुवै फिल्म राम्रो चलेको थियो।