‘आफु मरेर देश बाचोस भन्ने कोही छैन’– अभिनेत्री रेखा थापा
नेपाली अभिनेत्रीहरुमध्ये अन्यायका विरुद्धमा बोलिहाल्ने अभिनेत्री हुन्,रेखा थापा। उनी अन्याय सहेर बस्नु हुन्न र नारी कुनै पनि हिसावले कमजोर हुँदैनन भन्ने मान्यता राख्दै आएकी छन्। हालै भएको संसद् विघटनको बारेमा पनि उनले आफ्ना भनाईहरु राखेकी छन्। उनले नेपाल एकिकरण गर्ने राजेन्द्र राज्यलक्ष्मी शाहलाई सम्झिएकी छन्।
उनले सामाजिक सञ्जालमा एकिकरण गर्न महिला पछि नपरेको चर्चा गरेकी छन्। अंग्रेजसँग लडेर जोगाएको देशलाई केहि कुपोषित मान्छेहरुले आफ्नो स्वार्थको मैदान बनाएको बताएकी छन्। उनले लेखेकी छन्,‘ अंगे्रजसँग लडेर जोगाएको यो देश केही कुपोषित मान्छेले आफ्नो स्वार्थको मैदान बनाए । आफु मरेर देश बाचोस भन्ने कोही छैन, सबै आफुलाई केन्द्रमा राखेर सोच्ने गरेको देखिन्छ । हामी महान ईतिहास भएका तर हरुवा युगका साक्षी बन्ने भयौ।’
उनले अगाडी लेखेकी छन्,‘ ब्रह्माण्ड तातिएर आउछ । सतलज नदीसम्म शासन गरेको नेपाली अहिले सतलज कम्पनिको अनुकम्पाले अरुण नदिमा बिजुली खोज्दैछ । अढाइ बर्षका नवालक छोरा रण बहादुर बोकेर नेपाल एकिकरण गर्ने राजेन्द्र लक्ष्मी र बलभद्र कुवर, अमर सिंह थापा, भक्ती थापा, राणबिर सिंह थापा, उजिर सिंह थापाले( नालपानी, जैथक, देउथलमा ।’
प्रतिक्रिया