सपना कहिले सम्म देख्ने नम्रता ?


सपना के सपना । युवतीको नाम होइन, करिअरलाई लिएर हेर्ने सपना । सपना नदेखे के हुन्छ । वर्वाद सबै कुरा । सपना त देख्न पर्छ । तर, सपना कहिलेसम्म देख्ने । के के देख्ने भनेर भनौ ।

अभिनेत्री नम्रता सापकोटा सिकाउँछिन् कुरा बेला बेलामा । फिल्म क्षेत्रको बिषयमा बोल्ने पनि हुन् है उनी त । बोल्छिन् जे होस् ।

उनी सपना देख्न नछोड, विश्वास गर्न नछोड, कहिले हरेश नखाउ, कोशिश गर्न नछाड, सिक्न पनि नछाड भनेर भन्छिन् । कुरा हो के हो । ल नम्रताको कुरा हामीले पत्यायौं । तर, सपना कहिलेसम्म देख्ने । नम्रताले देखेको सपना के के हो । कती पुरा भयो ।

अनी उनले के सिकिन् खै । जे जे सिकेपनि उनको फिल्म क्षेत्रमा कती लागू भयो भनेर भनौ ।

नम्रताले सपना देख्न, सिक्न, विश्वास गर्न छाडेकी छैनन् । अनी त कुरा, फिल्म क्षेत्रमा छिन् अहिलेसम्म जसोतसो । सिकौं सिकौ अझै धेरै कुरा सिक्न बाँकी छ । नम्रताबाट पनि केही सिकौ है ।