सुटिङका लागि मसुरी पुगेका अभिनेता मिथुन चक्रवर्ती अचानक अस्वस्थ

बलिउड अभिनेता मिथुन चक्रवर्ती वेभ सीरिज ‘कश्मीर फाइल्स’ सुटिङका लागि मसुरी पुगेपछि विरामी भएका छन्। उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि चिकित्सकको टोलीले उनलाई उपचार गरिरहेका छन्।

भारतिय समाचारका अनुसार उनलाई अचानक झाडा पखाला लागेको र चिकित्सकको एक टोलीले उनी बसेको होटल सवाईमा पुगेर उपचार गरिरहेको भारतिय समाचारमा भनिएको छ। अहिले उनको स्वास्थ्यमा सुधारउन्मुख भएको पनि समाचारमा भनिएको छ।मिथुन झन्डै एक वर्ष अघि थ्रिलर फिल्म ‘ताशकंत फाइल्स’ मा देखिएका थिए । त्यसपश्चात उनको कुनै पनि फिल्म पर्दामा आएका छैनन्।