‘संसद विघटन हुनु प्रतिपक्ष कमजोर भएर हो’– प्रमोद खरेल

संसद विघटनको बारेमा चर्को स्वर सामाजिक सञ्जालमा सुनिएका छन्। देशमा स्थायि सरकार होस् भन्ने चाहाना आएका कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत आ– आफ्नै तर्क गरेका छन्।

गायक प्रमोद खरेलले पनि सामाजिक सञ्जालमार्फत जनतालाई नेताहरुले दुख दिएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत ३६ लाख ६३ बनाउन खोजेर कहाँ हुन्छ त भन्दै प्रश्न गरेका छन् । उनले गणतन्त्रमा पनि जनता दास भैराख्ने र आफ्नाले जे गरेपनि जय जय भनिराख्ने ओ भने यस्ता खालका तहस–नहस सहिरहनुको विकल्प नभएको उल्लेख गरेका छन् ।

उनले मेरो फिल्मसँगको कुराकानीमा भने देश कमजोर हुनु भनेको प्रतिपक्ष कमजोर भएकै कारण अहिले संसद् विघटन देखि लिएर देशमा यस्तो स्थिति सिर्जना भएको हो। केहि नेता बाहेक कसैले पनि खबरदार गर्ने प्रतिपक्षमा नरहेको तर्क गरे।