आमालाई सम्झिदै जल शाहले लेखिन्,‘मलाई टुहुरो बनायौ आमा ’

अभिनेत्री जल शाहले स्वर्गिय आमा प्रेमा शाहलाई संझिएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आमासँगको तस्विर सेयर गर्दै तीन वर्ष अघि आजकै दिन निधन भएकी आमालाई संझिएकी छन्। उनले सामाजिक सञ्जालमा आमासँगका तस्विर सेयर गर्दै लेखेकी छन्, ‘कहाँबाट सुरु गरुँ, कहाँबाट अन्त्य गरुँ । त्याग र प्रेम मेरो आमाको कसरी बयान गरुँ ।तिमी मसँग नभएको पनि आज तीन वर्ष भएछ आमा । मलाई एकछिन नदेख्दा मेरो बोली सुन्न नपाउँदा तिमी कति बेचैन हुन्थ्यौ । तर तिमी त निष्ठुरी रहेछौ आमा ।’

निकै भावुक शब्दहरुमा उनले अगाडि लेखेकी छन्, ‘तिमीले मलाई तिम्रो ज्यान ममा बसेको छ भन्थ्यौ । तिमी मेरो लागि म तिम्रो लागि भनेको हैन ? मेरो आँखाको ज्योति, मेरो हातको लठ्ठी, मेरो हिँड्ने बाटो, मेरो एक मात्र छोरी भन्थ्यौ आमा । तिमी विना मेरो अस्तित्व नै छैन, मलाई टुहुरो बनायौ आमा ।’  जल शाहले आमाकै पे्ररणाबाट यादव खरेलको फिल्म ‘श्री स्वस्थानी’ बाट फिल्मबाट डेव्यु गरेकी थिइन। नेपाली फिल्म क्षेत्रमा एक समय राज गरेकी जल अमेरिकामा बस्दै आएकी छन्।

https://www.facebook.com/JalShahofficial/posts/10159683270339063