रमेशको संकेत कतातर्फ ?


अभिनेता रमेश उप्रेती एक दशक भन्दा लामो समय अमेरिका रहे । अमेरिकामा रहेर उनले काम गरे र नेपाल आए । तर, उनलाई नेपालको राजनीति देखेर हैरान हुन थालेको छ । नहोस् पनि किन भनेर भनौ । हालत यस्तै खराब छ देशको । नेताको पारा के हो के ।

रमेश राजतन्त्रको पनि वकालत गर्छन् बेलामा बेलामा । उनले देशमा राजतन्त्र आउनुपर्छ भनेका हुन् पहिले पनि ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिश गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाइदिइन् । विघटन भयो संसद । अब अदालतमा परेको मुद्दामा के हुन्छ हेरौ ।

रमेशले भने नेपालमा अबको ३० बर्ष जहानिया साशन लागू हुनुपर्छ भने । उनले भन्न खोजेको के हो भनेर भनौ । पक्कै, ३० बर्ष निरंकुश राजतन्त्र देशलाई चाहिएको छ भन्ने उनको कुरा हो भनेर भनौ ।

यो भयो भने देशलाई के हुन्छ, रमेशले केही भन्लान् कि ?