बलिउड अभिनेत्री कंगनालाई बलात्कार गर्ने र मार्ने धम्की (भिडियोसहित)
बलिउड अभिनेत्री कंगना रनौले आफूलाई बलात्कारदेखि ज्यान मार्नेसम्मको धम्की आएको बताएकी छिन्।
शनिबार उनले किसान आन्दोलनबाट बारे बाेल्दै बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी हुन् । ट्वीटरमा एक भिडिओ सेयर गर्दै पछिलो १०/१२ दिनदेखि आफूलाई ध्यान मार्ने र बलात्कार गर्ने धम्की आएरहेको बताएकी हुन्।
जसका कारण आफू मानसिक तनाव झेलिरहेको बताइन्। किसान आन्दोलनको कुरा उठान गर्ने क्रममा आफुमाथि यस्तो धम्की आएको उनको भनाइ छ।
भिडियोमा उनले भनेकी छन्, ‘पछिल्ला १०÷१२ दिनदेखि मलाई इमोस्नल र मेन्टल अनलाइन तनावको सामना गर्नुपरिरहेको छ । बलात्कार र ज्यान मार्ने धम्की आइरहेका छन् । यसकारण मलाई आफ्नो देशसँग केही सवाल गर्ने अधिकारी छ ।’
उनले भारतमा भइरहेको किसान आन्दोलनमा घुसपैठको आरोप लगाएकी छिन्। तर, आन्दोलनमा सहयोग गर्दै आएका प्रियंका चोपडा र दिलजीत दोसाँझमाथि गम्भीर आरोप लगाएकी छिन्।
कंगनाले भिडिओमा भनेकी छिन्, “उनीहरुले बेला बेला आफ्नो देशभक्ति किन दर्शाउनुपर्छ? जबकी प्रियंका चोपडा तथा दिलजीत जस्ता कलाकारलाई म उनीहको नियतिबारे कहिले केही सोध्न चाहदैंन्।”
उनले भनिन्, ‘यसमा कुनै शंका छैन कि पूरा आन्दोलन राजनीतिबाट प्रेरित छ । आतंकवादीले पनि यसमा भाग लिन शुरु गरिसकेका छन् । मैले पञ्जावमै आफ्नो स्कुल पढाई गरेकी हुँ ।’
“मैले वादा गरेको थिए कि, जब किसान आन्दोलनको फण्डा सार्वजनिक हुन्छ। जसरी शाहीद बागका बाहिरिएको थियो। त्यही दिन म बोल्नेछु। यो देशमा के प्रश्न गर्न मेरो अधिकार होइन्? जबकी प्रधानमन्त्री नरेन्द्र मोदीले सबै कुरा स्पष्ट पारिदिएका छन्। अनि किन आन्दोलन गर्नुपर्यो? यो सबै राजनीतिबाट प्रेरित छ। यसमा आतंकवादी पनि सहभागी छन्।” उनले भनिन्।
उनले पञ्जावका ९९ प्रतिशत खालिस्तानीले देशसँग प्रेम गर्ने बताएकी छन् ।
उनले अघि भनिन्, ‘म राम्रो जान्दछु कि पञ्जावका ९९ प्रतिशत खालिस्तान चाहँदैनन । उनीहरु देशलाई विभाजनतर्फ लैजान चाहँदैनन् । उनीहरु देशसँग माया गर्दछन् ।’
Here’s the video I promised, watch when you can ? pic.twitter.com/0YZxfQfwB2
— Kangana Ranaut (@KanganaTeam) December 19, 2020
प्रतिक्रिया