‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि अभिनेत्री सुमी मुक्तान र विजुलाई

हिमालय टेलिभजनबाट प्रसारण भएको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि अभिनेत्री सुमी मोक्तान र विजु पार्कीले हात पारेका छन् । शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा सुमी र बिजुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् ।

रियालिटी शोको पहिलो चरणबाट नै दर्शकको मन जित्दै आएका सुमी र बिजुले उपाधीसँगै उनीहरुले २० लाख पुरस्कार समेत प्राप्त गरेका छन् ।
रियालिटी शोमा फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङले प्राप्त गरेका छन् भने सेकेन्ड रनरअप उपाधि प्रियना आचार्य र सुभम् भुजेलले हात पार्न सफल भए।
यस रियारिटी शोमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई निर्णायक भुमिकामा रहेका थिए। १२ जना स्टार प्रतिस्पर्धीहरुको सहभागीता रहेको थियो ।

अव हिमालय टेलिभिजनले ‘दि भ्वाइस अफ नेपाल–३’ प्रशारण गर्ने तयारी गरेको छ । अहिले यो शोको डिजिटल अडिसन भइरहेको छ।
यो रियालिटी शो हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रशारण हुँदै आएको थियो ।