गायक कर्णदासलाई मातृशोक
गायक कर्णदासलाई मातृशोक परेको छ । कर्षदासकी आमा तथा रंगकर्मी रत्नदेवी दासको ७० वर्षको उमेरमा हिजो निधन भएको हो।
मुटुरोगबाट पीडित रत्नदेवी पोखरेली रंगकर्मीको परिचय बनाएकी थिइन् ।
उनको पार्थीव शरीरलाई अहिले पोखरा नयाँगाउँस्थित आफ्नै निवासमा राखिएको छ भने आज रिठ्ठेपानीमा रहेको क्रिश्चियन चर्चमा परम्पराअनुसारको विधि पूरा गरेपछि अन्त्येष्टी गरिने छ। रत्नदेवीको कोखबाट एक छोरा कर्णदास र दुई छोरीहरुले जन्म लिएका थिए भने कर्णदासको बुवाको २ वर्ष अघि निधन भएको थियो।
प्रतिक्रिया