‘माया बस्छ कि के हो’को शिर्ष गीत सार्वजनिक

फिल्म ‘माया बस्छ कि के हो’को शिर्ष गीत सार्वजनिक गरिएको छ । यस फिल्मको शिर्ष गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ। गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ।

र शरद अधिकारीको प्रस्तुति रहेको तथा राजु अधिकारीको निर्देश नबनेको फिल्ममा सोनाल तामाङ र कस्मता निरौलाको मुख्य भूमिका रहेको छ। यसै फिल्मबाट यो जोडीले फिल्ममा डेब्यु गरेका हुन्। जनपुकार मिडिया हाउस प्रालिको व्यानरमा निर्मित फिल्ममा आरती अधिकारीको कथा,अर्जुन पोखरेलको संगीत,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। फिल्मलाई रबिन्द्र बरालले खिचेका छन्। फिल्ममा बहादुर सिंह तामाङ (लामा) र कृष्ण गिरीले लगानी गरेका छन् ।