७५ वर्षको उमेरमा ‘स्टार वार्स’ जेरेमी बुलखको निधन

चर्चित कलाकार ‘स्टार वार्स’ जेरेमी बुलखको निधन भएको छ। उनको विहीवार ७५ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो। उनलाई केही वर्ष यता पार्किन्सनको समस्या रहदै आएको थियो। घरमा बसिरहेको बेला अचानक उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल पु¥याइएको थियो।

१७ वर्षको उमेरमा सांगीतिक फिल्म ’समर होलिडे’बाट डेब्यु गरेका जेरेमीले स्टार वार ’द एम्पायर स्ट्राइक ब्याक’ र ’रिटर्न अफ द जेडी’मा लगायतमा अभिनय गरिसकेका छन्। उनलाई बोबा फेटको पात्रका रुपमा परिचित छन्।
उनका श्रीमती, तीन छोरा र दश नाती नातिनासहितको परिवार छ।