७७० वटा घर बनाउदै नायिका एलिजा गौतम

नायिका एलिजा गौतमले देशका ७७ जिल्लामा प्रत्येक जिल्लामा दश दश वटा घर बनाउने घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गौतमले प्रत्येक जिल्लामा दुखी असहायको लागि घर बनाउने घोषणा गरेको जानकारी दिएकी छन् ।


ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतमले ‘अनुराग’ फिल्मबाट आफ्नो फिल्मी करियर सुरू गरेकी हुन् । पछिल्लो समयमा उनी म्युजिक भिडियोहरुमा ब्यस्त देखिदै आएकिछिन् । ‘एलिजा फाउण्डेशन’मार्फत गौतमले दुर्गम र विकटका गरिब तथा असहायहरुको निम्ती घर निर्माण गर्ने भएकी हुन् ।

उनले लेखेकी छिन, ‘एलिजा फाउण्डेशनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश-दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु ।’ उनले पहिलो चरणको काम धादिङबाट सुरु हुने जानकारी पनि गराएकी छिन् ।

एलिजा लेख्छिन्, यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं । एलिजाले बेलाबखत सामाजिक सेवाको कार्य गर्दै आइरहेकी छिन् ।